नियम
चालचलनको अभिलेख राख्नु पर्ने
: (१) ऐनको दफा ३७ को प्रयोजनको लागि प्रत्येक कारागारले आफ्नो कारागारमा रहेका कैदीको चालचलनको अभिलेख अनुसूची-१ बमोजिमको ढाँचामा राख्नु पर्नेछ ।

(२) “उपनियम (१) बमोजिमको अभिलेख प्रत्येक तीन महिनामा अघ्ावधिक गरी कारागारले विभागमा पठाउनु पर्नेछ ।

(३) उपनियम (१) बमोजिमको अभिलेख विभागले मागेका बखत कारागारले उपलब्ध गराउनु पर्नेछ ।

(४) एउटा कारागारबाट कैदीलाई अर्को कारागारमा सार्दा यस नियम बमोजिमको अभिलेख समेत अद्यावधिक गरी कैदी सरी गएको कारागारमा पठाउनु पर्नेछ ।